Public Pana
सिक्रि लुट्न नदिएको झोकमा भाडा पसलेको हत्या, प्रहरीद्धारा अभियुक्त सार्वजनिक

 

 

प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटका क्रममा प्रतिकार गर्दा भएको बताएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निरा आचार्यको हत्यामा संलग्न अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सिआइबीले विकलाई सार्वजनिक गरेको हो।

विकले निराको हत्या गरेको स्वीकारेका छन्। 

पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्य दिएको जानकारीअनुसार वैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्। प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक-पटक हानेर निराको हत्या गरेका थिए।  निरा सरस्वतीनगरमा निरू किचेन नामको भाँडा पसल चलाउँथिन्।

विक काठमाडौंको नाइट क्लबमा बाउन्सरको रुपमा काम गर्ने गरेको प्रहरीको भनाई छ ।

बिकले लुटेर लगेको सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

निराको हत्याअघि बिकले उक्त पसल हेरेर लुटपाटको योजना बनाएको फर्किएको र दोस्रो पटक गई हत्या गरेको प्रहरी उपरिक्षक आचार्यले जानकारी दिए

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update