Public Pana
आज र भोली झरी परिरहे खेल नखेलेरै नेपाल च्याम्पियन बन्ने निश्चित

एसीसी प्रिमियर कपको फाइनल खेल पनि वर्षाका कारण रद्द भए आयोजक नेपाल सोझै च्याम्पियन बन्नेछ । 

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपालले समूह चरणमा गरेको प्रदर्शनका आधारमा फाइनलमा स्थान बनाएको हो । 

फाइनमा नेपालले सोमबार त्रिवि मैदान कीर्तिपुर मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएपछि नेपाल समूह ‘ए’ मा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा फाइनलमा पुगेको थियो । 

युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएलस मेथडको आधारमा दुई रनले हराउँदै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

फाइनल खेल तय भएको सोमबार आज पनि काठमाडौंमा वर्षा भइरहेको छ । मौषम विभागका अनुसार चट्याङसहित बर्षाको सम्भावना साँझसम्म हुने देखिएको छ ।

जसले गर्दा भोली पनि बर्षाका कारण खेल हुन नसके बरियताको अगाडी रहेकाले नेपाल सिधै च्याम्पियन बन्नेछ । मंगलबार ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ ।

पहिलो सुपर ओभर बराबरी भएका दोस्रो सुपर ओभर हुनेछ । यदि सुपर ओभर समेत हुन नसकेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय वरीयतामा अगाडि रहने टोली विजेता बन्नेछ ।

यस्तो अवस्थामा नेपाल वरीयतामा १४औँ र युएई १९औँ स्थानमा छ । त्यसैले वरीयताको आधारमा नेपाल च्याम्पियन बन्नेछ । च्याम्पियन टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update