Public Pana
राष्ट्रपति पौडेल उपचार सकेर आज स्वदेश फर्किदै

स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्।

उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आज बेलुकी ८ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाण्डौ आउनुहुनेछ । 

चिकित्सकहरुको सिफारिसमा राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update