Public Pana

छाती रोग  समस्याका कारण धेरै हुन्छन , छाती रोग र मुटु रोगबीचमा भिन्नता छुट्याउन नसक्दा बिरामीको तुरुन्तै ज्यान जान सक्छ । त्यसैले छाती दुख्यो भने आफु खुसी औषधी सेवन गर्नु घातक हुन्छ ।

यदी छाती दुख्यो भने तुरुन्तै चिकित्सकको परामर्शमा जानुपर्छ । छाती र मुटुको समस्यालाई बिरामीले कसरी पहिचान गर्ने भन्ने महत्वपुर्ण बिषय हो ।

सास फेर्न गाहो धेरै कारणले हुन सक्छ, यदी सास फेर्न गारो भयो भने अस्पताल गएर सम्बिन्धत बिशेषज्ञ डाक्टरसँग परामर्श लिएर औषधी सेवन गर्नुपर्छ ।सामान्यत सास फेर्न गाहो छाती सम्बन्धी समस्या वा मुटुसम्बन्धी समस्याले पनि हुन्छ ।

मुटु रोग र छाती रोग भनेर कसरी थाह पाउने ? हामीले छाती दुख्यो भने शुरुमै हर्ट एट्याक भयो कि भन्ने सोच्छौ तर छाती दुख्यो र स्वा.. स्वा.. भयो भने त्यो छातीको समस्या हो, मुटुको समस्या होइन, यदी मुटुको समस्या हो भने बस्दा पनि स्वा.. स्वा.. हुन्छ खाकी लाग्छ भन्ने हुँदैन ।

यदी छातीको समस्या हो भने घ्यार घ्यार हुन्छ मुटुको समस्यामा यस्तो लक्षण हुँदैन । मुटुको समस्या हो भने ६० प्रतिशत बिरामीको हकमा खुट्टा सुन्निएको हुन्छ । हर्ट एट्याक हुनका लागि छाती मात्र दुखेर हुँदैन ।

यदी तपाईको पेट पनि दुखेको छ र मुटु पनि दुखेको छ भने तत्काल हस्पिटल गएर बिशेषज्ञ डाक्टरको परामर्श लिनु आवश्यक हुन्छ ।

धेरै जसो नेपालीले गर्ने गल्ती भनेको छाती  दुख्ने र  मुटु सम्बन्धी समस्या शुरु हुँदा पनि फार्मेसीमा गएर ग्याष्टिक भयो भनेर औषधी सेवन गर्ने बानीले हो जसका कारण बिरामीको अकालमै ज्यान जाने गर्दछ । 

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update