Public Pana
अछाम पहिरोः मृतकको संख्या १७ पुग्यो

अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनकाअनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव  निकालिएको छ भने कमलबजार ६  ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ। यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ। अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update