Public Pana
बारा–२ मा उपेन्द्रसँग मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा


बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् ।
यसअघि करिब पाँच हजार मतले पछि परेका कुशवाहाले अहिले मतान्तर घटाएका छन् ।
ताजा मतपरिणामअनुसार यादव कुशवाहाभन्दा २६६५ मतले मात्रै अघि रहेका छन् । यादवले २० हजार ४६३ पाउँदा जनमतका कुशवाहाले १७ हजार ७९८ मतका साथ पछ्याइरहेका छन् ।
एमालेका पुरुषोत्तम पौडेलले ६१२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४६६ मत ल्याएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update