Public Pana
पछिल्लो १ बर्षमा बैदेशिक रोजगारीका गएका मध्ये झण्डै १५ सयले गरे मृत्युवरण

 

बैदेशिक रोजगारीमा गएका मध्ये पछिल्लो एक बर्षको अवधीमा सवै भन्दा धेरै नेपालीले मृत्युबरण गरेको तथ्याङ्क सार्वजनिक भएको

गत आर्थिक वर्ष २०७८ ७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये हजार ४७९ जनाको

मृत्यु भएको सरकारी तथ्याङ्क सार्वजनिक भएको हो

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा मत्यु भएका नेपालीको संख्या अहिलेसम्मकै धेरै हो

धन कमाउन भनि यसरी बिदेशिएका नेपालीले बिदेशी भूमिमा मृत्युवरण गरेको पछिल्लो तथ्याङ्क निकै डरलाग्दो देखिन्छ

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७ ७८ मा सबैभन्दा ठुलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमिमा भएको थियो सो वर्ष रोजगारीका क्रममा हजार २४३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको

यसअघि आर्थिक वर्ष २०७१ ७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार जना नेपाली कामदारको मृत्यु भएको थियो

बोर्डका अनुसार पछिल्लो १४ बर्षमा वैदेशिक रोजगारीमा गएका मध्ये १० हजार ९३२ जनाको मृत्यु भएको उक्त अवधिमा ५० लाख सय ३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए

बैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुले पठाउने रेमिट्यान्सकै भरमा मुलुकको अर्थतन्त्र जिवित भइरहेपनि कामदारको पर्याप्त सुरक्षाका लागि सरकारले ठोस पहल गरेको देखिदैन

रोजगार गन्तव्य मुलुकमा जाने अधिकांस कामदार दलाल बिचौलियको चंगुलमा परेर आवश्यकता भन्दा बढी रकम दिएर बिदेशिने बाध्य छन् 

सरकारकै निकायले नै बिचौलियालाई संरक्षण गर्ने मेलपावर दलालसंग मिलोमतो गरि कामदारलाई असुरक्षित तवरले बिदेशमा पठाउने गरेका कारण थुपैे नेपालीले कामकै सिलसिलामा विदेशमा ज्यान गुमाउने गरेको अधिकारवादीहरुको भनाई

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update