Public Pana
२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा

म‌ंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । 

 राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार साे भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए ।

भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट खलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन् ।

तर, राज्यले भूकम्पपीडितकाे बासस्थानलाई खर्च गरेकाे बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुकाे अवस्था दयनीय छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update