काठमाडौंबाट दुबईका लागि उडेको फ्लाईदुबईको उडानले टेकअफको क्रममा चरा ठोक्किए पनि संयुक्त अरब इमिरेट्स फर्किएर सकुशल अवतरण गरेको छ ।
युएई कम्पनीका प्रवक्ताले भने, ूहाम्रो अनुभवी उडान टोलीले मानक अपरेटिङ प्रकृया पालना गर्यो र इन्जिन सामान्य अपरेटिङ प्यारामिटर भित्र रहेको निर्धारण गरेपछि अगाडिको यात्रा जारी राख्यो,।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले काठमाडौंबाट उडेको केही समयपछि इन्जिनमा आगो लागेको बताए । फ्लाईदुबई उडान ५७६ मा लागेको आगो नियन्त्रणमा आएको र बोइङ ७३७–८०० विमानमा १६७ यात्रु सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उडानको शुरुवातमा बिमानमा आगो देखिएपनि एयरलायन्सले तत्काल अवतरण नगरि लामो दुरीमा उडानलाई निरन्तरता दिनु जायज नभएको कतिपयले तर्क गरेका छन् । बिमानबाट ठुलो आवाज आएर बाहिर आगो देखिदा समेत पाइलटले बिमान अवतरण नगरी दुवई लैजादा बिमानभित्रका यात्रुलाई कस्तो मानसिक असर परयो भन्ने अनुमान बिमानमा यात्रा अनुभव गरेका जो कोहीले महसुस गर्न सक्छन ।