काठमाण्डौबाट उडेको फ्लाई दुवईको बिमानमा चरा ठोक्किएर आवाज आएको एयरलायन्सको दावी
काठमाण्डौबाट दुवई लागि उडेको फ्लाई दुवईको बिमानमा चरा ठोक्किएर आवाज आएको एयरलायन्सले दावी गरेको छ । ।
एयरलायन्सका प्रवक्ताले काठमाण्डौबाट बिमानले उडान भरे लगत्तै बिमानमा चरा ठोक्किए पनि चालकले स्टायाण्डर कार्यविधि अनुसार फ्लाइटलाई निरन्तरता दिएको जनाएका छन् ।,.
यद्यपी काठमाण्डौ एटिसीलाई उद्रित गर्दै नेपाली मिडियाले बिमानको इन्जिन फेल भएको दावी गरेका थिए । काठमाण्डौ एटिसीले बिमान चालकले इन्जिन फेल भएको बताएको जानकारी दिएको थियो ।
चरा ठोक्किएर केही समस्या भएपनि अवस्था सामान्य भएपछि पाइलटले बिमानलाई दुवईतर्फ नै लगेका थिए । हेर्नुहोस दुवई मिडिया अफिसले जारी गरेको बक्तव्य
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० २३:२३
प्रतिक्रिया दिनुहोस्