काठमाण्डौबाट उडेको फ्लाई दुवईको बिमान दुर्घटनाबाट जोगिएको छ । पाइलटले बिमानमा केही समस्या आएपनि दुवई लैजान सकिने बताएपछि एटिसीले अनुमति दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार बिमानलाई दुवई तर्फ लैजान प्रयास गरिएको स्रोतले जनाएको छ ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएर आगलागी भएको छ ।बिमान उडे लगत्तै बिमानबाट ठुलो आवाज आएको थियो भने बिमानमा आगो बलेको देखिएको थियो ।
बिमानमा धेरै नै इन्धन भएकाले तत्काल अवतरण गर्दा ठिुलो दुर्घटना हुन सक्ने भएकाले इन्धन खाली गर्न बिमानलाई हजारौ फिट माथी उडाएको थियो । बिमानस्थालमा बिमानलाई अवरण गराउने तयारी स्वरुप दमकल सहित ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बिमानको इन्जिन फेल भएका कारण दुर्घटनाको संभावना भएका कारण त्रिभुवन बिमानस्थलमा उच्च सतर्कता अपनाइएको थियो । बिमानमा आगो लागेको देखेपछि अहिले कोटेस्वर, एयरपोर्ट क्षेत्र , इमाडोल लगायत क्षेत्रका बासिन्दा समेत त्रसित भएका थिए।
उडे लगत्तै बिमानमा कसरी आगो लाग्यो? हेर्नुहोस यो भिडियो ...