Public Pana
उपेन्द्रले लिए ६०० मतको अग्रता


बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्‍याएका छन् ।
जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले २०६ मत पाएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update