Public Pana
मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

    प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिनुभयो ।

    सोडारी र बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट राज्यमन्त्री बन्नुभएको हो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री भट्टको सिफारिसमा उहाँहरुलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त राज्यमन्त्रीद्वयलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । 

भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी हालै एकीकृत समाजवादी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएपछि भौतिक पूर्वाधार राज्यमन्त्रीको पद रिक्त भएको थियो । आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदलाई भने एकीकृत समाजवादीले फिर्ता बोलाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update