Public Pana
२५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले बढी

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अगाडी छन् । 

तनहुँ क्षेत्र नम्बर– १ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडी छन । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।

यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन ।

एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मतमा सिमित भएका छन । मतगणना जारी छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update