Public Pana
बारा २ को मतगणना शुरु हुँदै

प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ ।

हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

तर सबैदलका प्रतिनिधि आईनसेकोका कारण अझै केही समय लाग्ने बताईएको छ । बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए ।

बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update