Public Pana
सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी

तनहुँमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन् ।  

जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुदाँ खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन । 

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले  ९ हजार १९८ मत प्राप्त गरेका छन् । 

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन । बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update