Public Pana
कर्णालीका मुख्यमन्त्रीले शुक्रवार तेस्रो पटक विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने भएका छन् । 
 
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रवार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्री शर्माले त्यसका लागि गत आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएका छन् ।
 
प्रदेश सभाका सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन् ।

शर्माले यसअघि दुईपटक विश्वासको मत लिइसकेका छन् । ६ माघमा एमालेको समर्थनमा पहिलोपटक विश्वासको मत लिएका शर्माले १७ चैतमा राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक संसदसमक्ष विश्वासको मत लिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update