Public Pana
चितवन मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ ।

उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।

उहाँले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताउनुभयो । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ ।

जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।

आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने जानकारी दिनुभयो । सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुने उहाँको भनाइ छ

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update