Public Pana
तीन वटै जिल्लामा मतदान सकियो, अघिल्लो चुनाव भन्दा कम मत खस्यो

 

चितवन-२, बारा-२ र तनहुँ-१ मा आज भएको उपनिर्वाचनको मतदान गर्ने समय सकिएको छ ।

निर्वाचन आयोगले मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकेको थियो । तोकिएको समयभित्र मतदान केन्द्रमा लाइन लागिसकेकाहरूले भने मतदान गर्न पाउने छन् ।

यसैबीच आम निर्वाचन भन्दा उप निर्वाचनमा मतदान गर्ने संख्या घटेको छ । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ । 

प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए ।

गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update