Public Pana
खलिस्तानी नेता अमृतपालसिंह भारत मै पक्राउ

 खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपाललाइ गिरफतार गरेको हो । 

पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । 

पक्राउ परेका उनलाई अमृतसर हुदैँ असमको डिब्रुगढ जेलमा पठाइने छ ।

'अमृत पाल सिंह पञ्जाबको माेगावाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेकाे छ । 

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्ततः पञ्जाबमा नै पक्राउ परेका हुन । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update