Public Pana
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन

 राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।
भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो । 

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
 
मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन । 
 
स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ । 
 
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update