Public Pana
आचारसंहिता नमान्नेलाई पक्राउ गर्न निवार्चन आयोगको निर्देशन

 बैशाख १० गते सम्पन्न हुन गईरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले अनुगमन बिशेष टोली खटाएको छ ।

आजवाट लागु भएको मौन अबधिमा हुन सक्ने आचारसंहिता विपरितको कार्य बुझनका लागि बिशेष टोली खटाएको हो । 

प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेका समेत जनाएको छ ।

आयोगले पाँच बुदेँ निर्देशन गरी मौन समयमा प्रचार प्रसार गरेको तथा मतदातालाई प्रभावित पार्न रकम बाँडेको भेटिएमा कारबाहीसमेत गर्ने उल्लेख गरेको छ । 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update