Public Pana
नबिलसहित ९ बाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ ।

जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरीवानामा परेका छन् । 
राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक) लाई २ करोड ८४ लाख रुपैयाँको जरिवाना तिराएको हो ।

यसैगरि, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँ कारवाहीमा परेका छन् । 
राष्ट्र बैंकका अनुसार सम्पति शुद्धीकरण सम्बन्धी ऐन निर्देशन उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update