Public Pana
दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या

दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ ।
 
अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।
 
उनी माथी ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन ।
 
ती महीला माथी बिहान १०:३० बजे ४–५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् । 
 
सो गोली हाने पछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए ।
 
वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भीडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।

आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएकाे थियाे । आज उनको सुनवाई थियो । 
 
अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाइ लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथी प्रश्न उठाईएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकार माथी प्रश्न उठाएका छन ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update