Public Pana
नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

 

एसिसी प्रिमियर क्रिकेट कपमा   नेपालले चौथो विकेट गुमाएको छ। 

ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको  नेपालले ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा  तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update