Public Pana
डुम्रे बेसीशहर सडकखण्ड आजदेखी दैनिक १२ घण्टा बन्द हुने

लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ ।
 
बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले  आजबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो ।
 
पहिरो रोकथाम तथा सडक निर्माण कार्य अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नु पर्ने भएकोले शुक्रवार देखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द हुने भएको हो ।  
 
यस अवधिमा यात्रुबहाक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डी प्रसादगण डाईभर्सन बाटो प्रयोगमा ल्याइने छ भने मालबबाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लागाइने छ ।
 
बर्षातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरेपनि विगत केहि महिनादेखि सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो । 
 
सुख्खा पहिरोका कारण दैनिक जसो अवरुद्ध हुँदै आएको उदिपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ । पहिरोका कारण दैनिकजसो यातायात समेत अवरुद्ध हुने गरेको छ ।
 
बर्षातका बेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका बेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरीएको थियो ।
 
 निर्वाचन पछि पनि पुनः केहि दिन यातायात बन्द गरी थप व्यवस्थीत बनाईएको थियो । हाल सवारी साधान आवात जावत गर्नका लागि सडक बनेपनि सुख्खा पहिरो खस्नेक्रम शुरु भएकोले दैनिक जसो यातायात अवरुद्ध हुँदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update