Public Pana
म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो


इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ । 

क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको छ ।  

रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
 
इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो ।   

त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल  गरे ।
 
जुन गोलले सेभियालाई ३–० को जित दिलाएर सेमिफाइनलमा लग्यो भने म्यान्चेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो । 
 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update