Public Pana
उपेन्द्र यादवलाई मत माग्न सत्तारुढ गठबन्धनको शिर्ष नेता बारा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध शिर्ष नेता आज बारा जाँदैछन् । 
गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका नेता बारा जान लागेका हुन । बारा–२ मा आज बृहत चुनावी सभा राखिएको छ । 
उक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन ।
 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update