Public Pana
इमाडोलमा बाटो मिचेर बनेका अवैद्य संरचना हटाउन वडाको अल्टिमेटम, अटेर गरे दशैअघि डोजर चलाइने

ललितपुुरस्थित महालक्ष्मी नगरपालिका वडा नं १ ले बाटोको मापदण्ड बिपरित बनेका अवैद्य भौतिक संरचनामा डोजर चलाउने भएको छ ।

वडा नं १ का अध्यक्ष छीरिङ लामाले असोज १ गतेसम्मको अल्टिमेटम दिदै बाटो मिचेर बनेका अवैद्य संरचना जग्गाधनीले नहाटाए डोजर चलाउने तयारी गरेका छन् ।

वडाध्यक्षमा पदभार गरेलगत्तै बिकास निर्माणको काममा प्रभावकारी भूमिका खेल्दै आएका लामाले इमाडोलको युनाइटेड कलेजदेखी हात्तिवनको एलए स्कुल जाने बाटोलाई फराकिलो बनाउन सुचना जारी गरको छन ।

सूचनामा असोज १ गतेसम्म उक्त सडक खण्डमा बनेका अवैद्य संरचनालाई हटाउन भन्दै अटेर गरे कानुन बमोजिम अघि बढ्न बाध्य हुने उल्लेख गरिएको छ । 

लामाले उक्त सडकको बिस्तार र बिकासका लागि संघीय सरकारसँग बजेट माग गरिएकाले जतिसक्दो छिटो सवै बाटोलाई कालोपत्रे र ढलान गरिने योजना रहेको बताए ।

वडाध्यक्ष लामाको पहलमा बर्षाैदेखी खुल्न नसकेको कर्मनाशा खोलाको ग्वार्काेदेखी हात्तिवनसम्मको ट्रायक खोल्ने काम समेत धामाधम भइरहेको छ । 
काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहले अवैद्य संरचना हटाउने अभियानलाई तिव्र पारेपछि अन्य जिल्लाका स्थानिय तहलाई समेत कानुन विपरित बनेका संरचना हटाउन दवाव परेको छ । imadol1663315253.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update