Public Pana
मिलान र म्याड्रीड सेमिफाइनलमा

युरोपीयन क्लब फुटबलका दुई महारथी एसी मिलान र रियाल म्याड्रीड गए राती सम्पन्न दोश्रो लेगको खेल पश्चात युरोपको प्रतिष्ठीत क्लब फुलटबल प्रतियोगी युइएफ च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रबेश गरेका छन् ।

मिलानले घरेलु लिग लिडर नेपोलीलाई दोश्रो लेगको बराबरी खेले पनी समग्रमा २–१ को नतिजाको साथ अन्तिम ४ मा स्थान बनायो, अर्को खेलमा इन्ङ्गलिस क्लब चेल्सी लाई २–० र समग्रमा ४–० को जित निकाल सेमिफाइनलको यात्रा तय गरेको छ ।

सेमी फाईनलमा रियालले आज राति हुने सिटी र वायन म्युनिक विचको विजेता संग खेल्नेछ भने मिलानले इटलिकै चिर प्रतिद्धन्दि इन्टर मिलना र पोर्चुगलको बेन्फिकाबीचको बिजेता संग सेमिफाइनल खेल्नेछ ।

च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १० तारिख टर्की को इस्तानबुलस्थीत अतुरुक ओलम्पीक स्टेडियमा हुनेछ ।

यो प्रतियोगिताको सबैभन्दा धेरै उपाधी  १४ पटक रियालले  जितेको छ भने दोश्रो स्थानमा एसी मिलानले ७ पटक यो उपाधी जितिसकेको छ । 


 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update