Public Pana
प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा

 

इङ्गलिस प्रिमियर लिगको उपाधी होड रोमान्चक मोडमा पुगेको छ । लगातार दुई खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा सन् २००४ पश्चात पहिलो प्रिमियर लिग  उपाधि जित्ने सपना लिएको आर्सनललाई धक्का लागेको छ ।

गत हप्ता लिभरपुल र यो हप्ता वेष्टह््याम संगको दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल एक खेल कम खेलेको म्यान्चेष्टर सिटी भन्दा ४ अकंले अगाडी रहेको छ, आर्सनलले म्यान्चेष्टर सिटीसंग सिटीको घरेलु मैदानमा अप्रिल २७ तारिख खेल्न बाँकी छ ।  

लिगको ७ चरणका खेलहरु बाँकी रहदा आर्सनल ३१ खेलबाट ७४ अकंको साथ शिर्ष स्थानमा रहेको छ भने म्यान्चेष्टर सिटी ३० खेलबाट ७० अकंको साथ दोश्रो स्थानमा रहेको छ । सिटीको घरेलु मैदानमा जित निकाले सिटीले आर्सनलसंगको दुरी १ अंकको रहने छ ।

आर्सनल र सिटी दुवैले अन्तिम चरणको ६ खेलमा जित निकाले आसर्नल १ अकंले बिजेता हुनेछ, बाँकी खेल मध्ये कुनै १ खेलमा आर्सनलले बराबरी वा पराजित भएको अवस्था र सिटीले बाँकी सबै खेल जितेको अवस्थामा सिटी सातौ पटक प्रिमियर लिग च्याम्पियन हुनेछ ।

त्यस्तै यस सप्ताअन्तको खेल पश्चात म्यान्चेस्टर युनाईटेडले शिर्ष ४ मा स्थान सुरक्षित राख्न प्रबल दावेदारी प्रस्तुत गरेको शिर्ष ४ मा पर्न सर्घषरत न्युकासल र टोट्नह्यामहले अनपेक्षित हार व्यहोर्दा युनाइटेडले सहज जित दर्ता गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्ने तर्फ अग्रसर भएको छ ।

युनाइटेड १ खेल बढी खेलेको टोट्नह्यामह भन्दा ६ अकंले अगाडी छ र लिगमा ७ चरणका खेलहरु बाँकी छन् ।

त्यसैगरी च्याम्पियनसीप संगै रेलिगेशनको होड पनि रोमान्चक बन्दै गएको छ, अन्तिम ५ मा रहेको लिड्स, एभरटर्न, नटिङ्गगम फोरेष्ट, २०१६ को बिजेता लेष्टर र साउथह्यामटन रेलिगशन क्षेत्रबाट बाहिर निस्कन सघर्षरत छन् गत सप्ताअन्तको खेलहरुमा कुनै पनि टिमले नजिता आफ्नो पक्षमा पार्न सकेनन । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update