Public Pana
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो, दिल्लीको एम्स अस्पतालमा उपचार शुरु

 राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । 

छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो ।

Rastrapati upachar 21681886537.jpg

दिल्लीस्थित इन्दिरा गान्धी एयरपोर्टमा राष्ट्रपति पौडेललाई अखिल भारतीय आर्युविज्ञान संस्थान एम्सको बिशेष चिकित्सकीय टोली लिन पुगेको थियो । नयाँ दिल्लीस्थित नेपाली दुतावास र भारतीय दुतावासको संयोजनमा उहाँको थप उपचारको प्रवन्ध गरिएको बताइएको छ । 

aims1681886688.jpg

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update