Public Pana
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

प्रधानन्यायाधीश नियुक्तिका विषयमा निर्णय लिन बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन भएको हो  । 

नेपाल बार एसोसियसनले लामो समयदेखि न्यायालय कामुको भरमा चलेको भन्दै तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका थिए ।

केही दिनअघि बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा छलफल भएको थियो । 

सोही छलफलको आधारमा बुधबार बसेको संवैधानिक परिषद् बैठक भने निष्कर्षविहीन हुन पुगेको हो । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update