कोरोनाको कहर
एकैदिन दुई जनाको मृत्यु, १ सय ७१ जना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ । मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो ।
साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा २२ जना संक्रमितको संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् भने ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १७:२९
प्रतिक्रिया दिनुहोस्