प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई÷मधेस द्रूत मार्गको निरीक्षण अवलोकन गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीले द्रूत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर अवलोकन गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी तथा सचिवहरु र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी थिए ।
सरकार प्रमुखसहितको उच्चस्तरिय टोलीले निरीक्षण गर्दैमा फास्ट ट्रयाकको कामले तिव्रता पाउने अपेक्षा गरिएको छ । निर्माणाधी उक्त सडक खण्डको काम सोचे अनुसार अघि बढ्न सकेको छैन
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको भौतिक प्रगति ज्यादै न्यून देखिएको छ। सरकारले २०७३/७४ मा चार वर्षभित्रै निर्माण सम्पन्न गर्ने सुरुवात गरेको आयोजनाको भौतिक प्रगति भने निराशाजनक छ।
पहिलो चरणको कार्यतालिका अनुसार द्रुतमार्ग २०७८ सालको भदौंभित्र सम्पन्न हुनुपर्ने तोकिएको थियो।
सेनाले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको फास्ट ट्र्याकको समयावधि बढाएर सात वर्ष पु¥याएको छ । सेनाले २७ साउन ०७४ मा फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको थियो । त्यसअनुसार ०७८ मा आयोजना सम्पन्न हुनुपर्ने थियो । तर, सेनाले नयाँ कार्ययोजनाअनुसार म्याद थपेर ०८१ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ ।