Public Pana
मिटरव्याज पिडितमाथी प्रहरी दमन भएको भन्दै  राप्रपाको संसदमा बिरोध

 राप्रपाले मिटरब्याजपीडितमाथि प्रहरीको आक्रमणप्रति भर्तस्ना गरेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन् । 

राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण हुनु दुखद् भएको भन्दै उनले मिटरब्याजपीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update