Public Pana
फोहोर नउठाउने वालेन शाहबिरुद्ध परेको रिटको सुनवाई कामु प्रधानन्याधीशको इजलासमा

काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिट कामु प्रधानन्याधीश हरिकृष्ण कार्कीको बेञ्चमा सुनुवाई हुँदैछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा  सुनवाई हुन लागेको हो । 

मेयर बालेनको निर्देशन बमोजिम भिआइपी क्षेत्रमा समेत हप्तौदेखी फोहर उठ्न नसकेपछि सर्वाेच्चमा निवेदन परेको हो । सरकारकै योजना अनुसार संवैधानिक रुपमा मेयर बालेन शाहलाई बाध्य पार्न सर्वोच्चमा रिट हालिएको बताइएको छ । 

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update