Public Pana
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

भाइरल ज्वरोका कारण अस्वस्थ भएका एमाले अध्यक्ष केपी सशर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल , कंग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे बालकोट पुगेका छन् । 

एमाले अध्यक्ष ओली केही दिनदेखि भाइरल ज्वरोका कारण बिरामी परेका छन्। उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र संसदमा रहेका विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट पुगेका हुन्।

सभामुखसहित तीन नेताहरूबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफल भइरहेको छ।  

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update