Public Pana
बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने


सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।
सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।
कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update