Public Pana
काठमाडौं विश्वकै धेरै वायु प्रदूषण भएको शहर

 विश्वकै वायु प्रदूषण धेरै भएको शहरको सूचीमा काठमाडौं परेको छ । आइतबार  वायु प्रदुषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । 

विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरको पहिलो नम्बरमा परेको हो । 

आईक्युएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ । एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङ माइ शहर विश्वकको सबैभन्दा प्रदूषण भएको दोस्रो शहरमा परेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update