Public Pana
पूरक प्रश्नका लागि जबरालाई बोलाइयो

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूरक प्रश्नका लागि बोलाएको छ । निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिने क्रम सकिएपछि पूरक प्रश्नका लागि आज बिहान ९ बजे बोलाइएको हो ।

बिहीबार समितिले निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा नाम लिएका अधिवक्ताहरूसँग छलफल गरेको थियो । समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको हो ।

समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update