Public Pana
पञ्जाबसँग लखनउ २ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ ।
लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो । राजा म्यान अफ दि म्याच बने । उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

लखनउका लागि कप्तान केएल राहुलले ७४ रन र कायल मेयर्सले २९ रन जोडे ।
पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ र कागिसो राबडाले २ विकेट लिए ।
यो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । ५ खेलबाट नै ६ अंक रहेको लखनउ राम्रो रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update