Public Pana
परराष्टमन्त्रीमा कंग्रेसका एनपी साउदले सपथ लिदै


नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री बन्न लागेका नारायण प्रकाश एनपी साउदले आज पद तथा गोपनियताको सपथ लिदैछन् । 
उनको आज ३ बजे शपथ गर्ने तयारी छ।

सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि हिजो बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै तत्काललाई साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

कंग्रेसमा शेखर कोइराला समुहबाट र जनता समाजवादी पार्टीबाट उपनिर्वाचनपछि मात्र मन्त्रीको सपथ हुने देउवाको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update