Public Pana
रौतहटमा गोली चल्दा एक जनाको मृत्यु


रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ ।
घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप लिएको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update