Public Pana
नेपालले ओमानसँग अभ्यास खेल खेल्दै

नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०/५० ओभरको हुनेछ ।

नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँनअभ्यास खेल खेल्न लागेको हो । शनिबार हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन ।

आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update