Public Pana
राष्ट्रिय सभा बैठक स्थगित

बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।
बिहीवार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गाैतमले जानकारी दिए ।
 
उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:०१ बजे बस्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update