Public Pana
उपनिर्वाचनका लागि पर्यवेक्षण गर्ने आयोगको अनुमति

 निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न केही संघसंस्थालाई अनुमति दिएको छ ।

आयोगका प्रवक्ता शर्मा पौडेलका अनुसार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिएको हो । 

आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ । उक्त निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न उक्त संस्थालाई अनुमति दिइएको हो । 

 


 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update