Public Pana
म्यानमारमा हवाइ आक्रमणबाट १०० जनाको मृत्यु

 म्यानमारमा सेनाको हवाइ आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ । । म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो । 

सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या १०० पुगेको हो । 

म्यानमारको वायुसेनाले कार्यक्रम लक्षित गरी हेलिकप्टरबाट बम खसालेको जुन्टा शासनको विरोध गर्न गठन गरिएको राष्ट्रिय एकता सरकार (एनयूजी) का कार्यवाहक अध्यक्ष दुवा लाशी लाले बताए । 

म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि विपक्षीविरुद्ध आक्रमण गर्ने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update