नयाँ बर्षदेखी व्याजदर एकल अंकमा
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ ।
बुधबार बसेको संघको बैठकले सबै किसिमका निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।
अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत हुनेछ।
साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बीचमा रहनेछ। कूल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ।
यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५०प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्