Public Pana
जय नेपाल हलभित्र टुकुचा भेटियो

काठमाडौ महानगरपालिकाले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ ।

आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए।
महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । 

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update